काठमाडौं : गृहमन्त्रीसहित मुलुकभरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखको ‘भर्चुअल’ बैठक शुरु भएको छ। गृह मन्त्रालयबाट मन्त्री रवि लामिछाने तथा सुरक्षा निकायका प्रमुख सहभागी उक्त बैठकमा जिल्ला सुरक्षा समितिमा रहेका सबै सुरक्षा निकायका प्रतिनिधि सहभागी छन्। मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार बैठकमा गृहमन्त्री लामिछानेले शान्ति सुरक्षा तथा सेवा प्रवाहका विषयमा आवश्यक निर्देशन दिनेछन्।गृहमन्त्रीसमक्ष देशभरको सुरक्षा अवस्थाका बारेमा सम्बद्