काठमाडौं : आगामी निर्वाचनमा नेपाली कांग्रेसले कसैसँग गठबन्धन गर्न नहुने पक्षमा महामन्त्री गगन थापा अडिग रहेका बेला अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने अहिले नै निर्वाचनबारे छलफल गर्नै आवश्यक नरहेको बताएका छन्।ललितपुरको गोदावरीमा जारी पार्टीको महासमिति बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्दै उनले निर्वाचन आउनुभन्दा चार वर्षअघि नै यसबारे छलफल गर्नु आवश्यक नरहेको बताएका हुन्। महामन्त्री शर्माले प्रतिवेदनमार्फत निर्वाचनमा कसरी जाने भन्नेबारे उपयुक्त समयमा निर्णयमा पुग्नुपर्ने उल्