एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा सम्मिलित ८ देशलाई दुई समूहमा विभाजित गरिएको थियो । समूह ‘ए’ मा पाकिस्तान, भारत, अफगानिस्तान र नेपाल, समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, यूएई र जापान परेका थिए । समूह चरणको अन्तिम खेलमा नेपालले भारतसँग नराम्रो हार व्यहोरेपछि नेपालका क्रिकेटप्रेमीमा निराशा छाएको छ ।