धान सुपर जोनका जग्गामा इँटाबालाको 'कब्जा', न्याय माग्दै स्थानीयको गुहार

झापा : धान सुपर जोन घोषित दक्षिणी झापाको कचनकवलमा इँटा उद्योगीले खेतीयोग्य जमिन खरिद गरी जथाभाबी माटो खन्दा किसान चिन्तित बनेका छन्। झापामै पहिलो स्थानीय तहको रुपमा सरकारले कचनकवललाई धान सुपर जोन घोषित गरेका थिए। सरकारले धान सुपर जोनका लागि गाउँपालिकामा करोडौँ लगानी गरिसकेको छ।तर, पछिल्लो समयमा गाउँपालिकामा धमाधम इँटा उद्योग खोल्ने र उद्योगलाई चाहिने माटो त्यही खेतीयोग्य जमिन खन्दै लैजान थालेका छन्। उद्योगीले खेतीयोग्य जमिन बजार भाउभन्दा बढी मूल्यमा खरिद गरी जथाभावी माटो खन्न थाले