खोटाङ – स्वास्थ्यमा समस्या देखिएपछि खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ३० वर्षीया सुत्केरी उर्मिला बिक र नवजात शिशुलाई हेलीकोप्टरमार्फत अस्पताल लगिएको छ ।
जिल्ला अस्पताल दिक्तेलमा शुक्रबार राति शल्यक्रिया गरेर सुत्केरी भएकी उर्मिला र जुम्ल्याहा शिशुको स्वास्थ्यमा जटिल समस्या निम्तिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट खर्च बेहोर्ने गरि शनिबार हेलीकोप्टरमार्फत काठ्माण्डौ लगिएको हो ।
समयभन्दा पहिल्यै ३० हप्तामै बच्चा जन्मिएकाले नवजात शिशुको तौल कम भएकाले आईसीयूम...