नेपाली सेनाको हेलिकप्टरमार्फत रुकुमपश्चिमबाट एक सुत्केरीको उद्धार

सुर्खेत– जाजरकोटको कुशे गाउँपालिका निवासी एक सुत्केरी महिलाको मंगलबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । कुशे गाउँपालिका–५ निवासी २५ वर्षीय सरस्वती रावलको रुकुमपश्चिमको चौरजहारी अस्पतालबाट नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको हो । स्थानीय स्वास्थ्य चौकीमा दुई वटा जुम्ल्याहा छोराको जन्म दिएकी रावललाई सुत्केरीपछिको रक्तअल्पता भएपछि गत पुस २९ गते रुकुमपश्चिमको चौरजहारी अस्पतालमा भर्ना गरिएको […]

सम्बन्धित सामग्री

सुत्केरीको उद्धार

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका – ३ कोल्वाकी १८ बर्षीया सुत्केरी मेलिना राईलाई स्वास्थ्यमा जटिल समस्या देखिएपछि बिहीबार स्टेचरमा बोकेर हेलिप्याड सम्म लैजादैँ नेपाली सेना । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको नि:शुल्क हवाई उद्धार गरिँदै आएको छ ।

सेनाद्वारा सुत्केरीको उद्धार

सरस्वती न्यौपाने, रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना विष्णु दल गणले एक सुत्केरी महिलाको उद्धार गरेको छ । गोसाइँकुण्ड गाउँपालिका–५ ठूलो स्याफ्रु निवासी ३२ वर्षकी बिबिरानी तामाङलाई उद्धार गरिएको हो । चोलाङपाटिस्थित गोठमा रहेको अवस्थामा सुत्केरी व्यथाले च्यापेपछि वर्षाले डिँड्ने बाटो अप्ठेरो रहेको अवस्थामा पनि सेनाले स्टेचरमा बोकेर धुन्चे अस्पताल पुर्‍याएको थियो […]

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

दार्चुलाबाट सुत्केरी महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । अत्याधिक रक्तश्राब भएपछि व्यास गाउँपालिका–५ का एक सुत्केरी महिलाको उद्धार गरिएको हो । जिल्ला अस्पताल दार्चुलामा सुत्केरी भएकी २८ वर्षीया सोभा विष्टको हवाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताउनुभयो । उहाँको जिल्ला अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्मिए पनि रक्तश्राब नरोकिए पछि थप उपचारको लागि धनगढी रेफर गरिएको थियो । धनगढीमा आइसियु बेड खाली नरहेकाले उपचारका लागि सुर्खेत लगिएकोे जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टले बताउनुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल, नेपाली सेना र अस्पतालको पहलमा महिलाको उद्धार गरिएको बताइएको छ । नेपाल सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत यसअघि पनि दार्चुलाबाट सुत्केरी महिलाको उद्धार गरेर जीवनरक्षा गरिएको थियो ।