संघीय सत्ता समीकरण फेरिएसँगै प्रदेशमा पनि सत्ताको गणितीय खेल सुरु भएको छ । योसँगै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारको दिनगन्ती सुरु भएको हो । नयाँ गठबन्धन दलहरूले प्रदेश सरकारको नेतृत्वमा आ–आफ्नै दाबी प्रस्तुत गर्न थालेपछि कोशी प्रदेश सरकारको नेतृत्व अब कसको भागमा पर्ला भन्ने चासो बढेको छ ।