इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका विरोधीहरुबीच गठबन्धन सरकार निर्माणको सहमति बनेको छ । योसँगै अब प्रधानमन्त्री नेतान्याहुको सत्ता यात्रामा विराम लाग्ने निश्चित भएको छ । नेतन्याहु इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहने नेता हुन्। पछिल्लो १२ वर्षदेखि इजरायलको राजनीति नेतन्याहुको नियन्त्रणमा छ ।गत मार्चमा भएको चुनावमा नेतन्याहुको लिकुड पार्टीलाई बहुमत प्राप्त नभएपछि अरु पार्टीसँग मिलेर बहुमतको सरकार बनाउन भनिएको थियो । उनलाई हिजो २ जुन मध्यरातसम्म बहुमत प्रमाणित गर्ने समय दिइ