काठमाडौं । आगामी बजेट कोभिड–१९ बाट परेको बहुपक्षीय असरको निराकरण, पूर्वाधारसहितको गुणस्तरीय स्वास्थ्य सेवा विस्तार र निजी क्षेत्रका लागि प्रोत्साहनसहित आर्थिक पुनरुत्थानमा केन्द्रित हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७-७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । राष्ट्रिय पुँजी निर्माणमा प्रोत्साहन, थप काम …