काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को लागि कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन गरेको छ।अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सरकारले कोभिड उपचार र नियन्त्रणका लागि लागि ३७ अर्ब ५३ करोड विनियोजन गरेको जानकारी दिएका हुन्।उनले सरकारले महामारीको उपचारको भरपर्दो व्यवस्था गरी सबै नेपालीलाई खोपको सुनिश्चितताको लागि बजेट अभाव हुन नदिने प्रतिवद्धता जनाए।कोभिड उपचारका लागि अक्सिजन प्लाण्टलगायत आवश्यक पर्ने सम्पुर्ण काम