काठमाण्डौ – वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकको सङ्ख्या बढ्दै गएको छ ।
गएको आर्थिक वर्ष २०७९/०८० मा पौने आठ लाख नेपाली श्रमिकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति दिँदा पाँच लाखभन्दा धेरैले दक्ष श्रमिकको रूपमा श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
गएको आर्थिक वर्ष २०७९ साउनदेखि २०८० असार मसान्तसम्म वैदेशिक रोजगारीमा जान सात लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृति लिँदा पाँच लाख ६७ हजार ४६ जनाले दक्ष श्रमिकको रूपमा श्रम स्वीकृति लिएका छन् ।
दक्ष श्रमिकको रूपमा श्रम स्वीकृति लिनेमा ४३ हजार ५४२ जन...