सानिमा बैंकले धुर्मुस सुन्तली फोउन्डेशनलाई २१ लाख आर्थिक सहयोग गरेको छ। सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धुर्मुस सुन्तली फोउण्डेशनलाई उक्त सहयोग गरेको हो। फाउन्डेसनले भूकम्प पीडित एवं मुसहर बस्ती निर्माण पछि सन्तपुरमा बाढी पीडितका लागि बस्ती (सन्तपुर एकीकृत नमुना बस्ती) निर्माण गरी हस्तान्तरण गरिसकेको छ।