पर्यटक बसपार्क निर्माण ७० प्रतिशत सम्पन्न

पोखरामा पर्यटक बसपार्क निर्माणको काम तीव्र रूपमा अघि बढेको छ । बसपार्क निर्माणको अहिलेसम्म ७० प्रतिशत सकिएको

सम्बन्धित सामग्री

नगरकोटमा पर्यटकीय भौतिक संरचना थपिँदै

काठमाडौं । नगरकोटमा थप पर्यटकीय भौतिक संरचनाका काम धमाधम भइरहेको छ । यसका लागि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र भक्तपुरको चाँगुनारायण नपाको सीमाक्षेत्रमा पर्ने नगरकोटमा दुवै जिल्लाका स्थानीय तहले आपसी समन्वयमा संरचना निर्माणमा तीव्रता दिएका छन् । नगरकोटको मुख्यचोक भट्टेडाँडामा निर्माणाधीन बसपार्क क्षेत्रमा चाँगुनारायण नगरको लगानीमा बसपार्क तथा पर्यटकीय सूचना केन्द्र, मण्डनदेउपुर नगरको बजेटबाट ‘सन–सेट पार्क’, झण्डा डाँडामा पार्कसहित ‘भ्यूज स्टेशन’ निर्माण र ९ करोड लागतमा १० लाख लिटरको दुई खानेपानी ट्यांकी निर्माण भइरहेको छ । थप पर्यटकीय संरचना निर्माणमा दुवै जिल्लाका सीमा क्षेत्रमा स्थानीय तहसँग नगरकोट–नाल्दुम पर्यटन विकास समितिले समन्वय गरिरहेको छ । टावरसम्म सडक बत्ती, नयाँ गन्तव्यमा थप संरचना बनाउन होटल व्यवसायीसँग छलफल भइरहेको समितिका सचिव प्रदीप अधिकारीले बताए । उनका अनुसार काभ्रेपलाञ्चोकतर्फ बनेपा नपा–२ मा हिलेजलजलेमा ताल निर्माणसँगै नगरकोट टावरसँग जिपलाइन र हाइकिङ–टे«ल निर्माण गरिने योजना बनाइएको छ । ‘पर्यटकलाई आकर्षण गर्ने मनोरञ्जन र मनोरम दृश्यलाई समेट्ने खालका योजना बनाउँदै छौं,’ अधिकारीले भने । हिलेजलजलेमा पर्यटकीय कृत्रिम ताल निर्माण गर्न चालू आर्थिक वर्षमा १८ करोड बजेट विनियोजन गरिएको छ । भक्तपुरबाट नगरकोट जाने करीब १७ किलोमिटर मुख्य सडक समयमै पक्की नभएकोमा स्थानीय व्यवसायीले गुनासो गर्दै आएका छन् । उक्त सडकको विकल्पका रूपमा हाल तेलकोटबाट हरिगुरु मार्गबाट आवतजावतका लागि निकै सजिलो भएको छ । करीब २ वर्षअघि नगरकोटस्थित सडक दायाँ–बायाँ सार्वजनिक जग्गामा वर्षौंदेखि बनाइएका टहरा हटाएपछि हाल नगरकोट भट्टेडाँडा बसपार्क निर्माण गरिने भएको छ । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा क्षेत्र चाँगुनारायण नपा–६ मा निर्माण गरिने बसपार्कको शनिवार नगरप्रमुख सोम मिश्रले शिलान्यास गरेका छन् । हाल ५ करोड ७ लाख ७६ हजार रुपैयाँ लागतमा १ वर्षमा बसपार्कको निर्माण गर्ने सम्झौता गरिएको उनले बताए । ‘नगरकोट क्षेत्रलगायत चाँगुनारायण नगरका मुख्य क्षेत्रमा सार्वजनिक शौचालय पनि बन्नेछन्, जसको निःशुल्क सेवा उपलब्ध हुनेछ,’ उनले भने । उनका अनुसार नगरकोटमा समग्र बसपार्क क्षेत्र विकासका लागि ५५ करोड लाग्ने उनले बताए । बसपार्कका लागि ‘ड्रेनवाल’ निर्माण भइरहेको छ । नगरकोटमा साना–ठूला गरी १०० होटल छन् । करीब ७० प्रतिशत होटल काभ्रेपलाञ्चोकतर्फ पर्दछन् । यसमध्ये केही मात्रै चारतारे र तीनतारे स्तरका छन् । नगरकोटमा करीब दर्जन होटल निर्माणाधीन छन् भने त्यति नै संख्यामा निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको बताइएको छ । रासस

निषेधाज्ञाका कारण रोकियो बलेवा विमानस्थल र बसपार्क कालोपत्रको काम

जेठ १०, बागलुङ । निर्माणको अन्तिम चरणमा पुगेका बागलुङका दुई ठूला आयोजनाको काम प्रभावित बनेको छ । पूर्वाधार निर्माण सम्पन्न भई कालोपत्रको मात्रै काम रहेको बलेवा विमानस्थल र बागलुङ बसपार्कको कालोपत्र गर्ने काम रोकिएको छ । जिल्लामा अन्य निर्माण कार्य निर्वाधरूपमा भइरहे पनि दुई आयोजना निषेधाज्ञा भन्दै रोकिएका छन् । वैशाखमै कालोपत्र गर्ने भनिएको बलेवा विमानस्थलको धावनमार्ग र आधुनिक बागलुङ बसपार्कको काम अहिले रोकिएको निर्माण व्यवसायीले बताएका छन् । दुवै आयोजना अक्पार्ड प्रविधिबाट कालोपत्र गरिने भए पनि प्लान्ट नपाउँदा कालोपेत्रमा समस्या भएको निर्माण कम्पनीको दाबी छ । जिल्लामा निर्माण कार्य स्वास्थ्य मापदण्ड पूरा गरेर गर्न जिल्ला कोभिड संकट व्यवस्थापन समितिले निर्देशन दिएको छ तर निर्माण सामाग्री समयमा नपाइएको तथा अन्य आवश्यक उपकरण र सामग्री निषेधाज्ञाका कारण मुल्य वृद्धि भएकाले दुई ठूला आयोजनाको काम अन्तिम अवस्थामा आएर रोकिएका हुन् । जिल्लाको भविष्यसँग जोडिएका बलेवा विमानस्थल तथा बागलुङ बसपार्क अन्तिम चरणमा पुगेर रोकिनु दुःखद् भएको स्थानीयवासी बताउँछन् । प्लान्ट जडानमा ढिलाइ हुँदा समयमै कालोपत्रे गर्न नसकिएको विमानस्थल कालोपत्रको जिम्मा पाएको काष्ठमाण्डप निर्माण सेवाका प्रतिनिधि बासु थापाले बताए । म्याग्दी जाने सडक छेउमा अक्पार्ड प्रविधिको कालोपत्र गर्ने सामग्री उत्पादनको प्लान्ट निर्माण भइरहेकाले केही ढिलाइ भएको थापाको भनाइ छ । प्लान्ट निर्माण हुनासाथ १० दिनमै विमानस्थलको धावनमार्ग कालोपत्रे सकिने थापाको दाबी छ ।  यता प्लान्टकै कारण नगरपालिकाको अगुवाइमा निर्माण थालिएको बागलुङ बसपार्क सञ्चालनमा ढिलाइ भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । निषेधाज्ञा बहाना मात्रै भएको र काम गर्नेलाई समस्या नभएको नगर प्रमुख पौडेलको भनाइ छ । नेपाल नागरिक उड्डययन प्राधिकरणले विमानस्थल पुनर्निर्माणको काम द्रुत गतिमा भएको जानकारी दिएको छ । यद्यपि यही जेठ मसान्तभित्र निर्माण सक्ने तयारी भए पनि निर्माण सम्पन्न हुनमा केही आशंका जन्मेको छ ।  विसं २०१६ देखि २०१८ सम्म लगाएर स्थानीयवासीले बनाएको ८०० मिटर लामो यो विमानस्थलमा २०४९ सम्म नियमित जहाज चल्दै आएका थिए । विसं २०४८ मा पोखरा–बागलुङ सडक खुलेपछि विमानस्थल बन्द भएको थियो ।  बसपार्क निर्माणका लागि बागलुङ–४ उपल्लाचौरमा १८ वर्षअघि बागलुङ बजारबासीले उपल्लाचौरको दाबगरामा व्यक्तिगत जग्गा निःशुल्क नगरपालिकालाई उपलब्ध गराएका थिए । यतिका वर्षपछि बसपार्क निर्माणले अन्तिम रूप लिएको भए पनि निषेधाज्ञाले कालोपत्र गर्न नसकिएको निर्माण व्यवसायीले बताएको छ । लामो समय सरकारी उदासीनताका कारण अलपत्र परेको बसपार्क निर्माण जनप्रतिनिधि आएपछि २०७५ सालमा नगरपालिकाको पहलपछि गति लिएको थियो ।  ठेक्का स्वीकृत भएको दुई वर्षपछि बसपार्क निर्माण अन्तिम चरणमा पुगेको भए पनि कालोपत्रे हुन नसकेको हो । बागलुङमा व्यवस्थित बसपार्क बनाउन २०५९ सालमै स्थानीयवासीले करोडौँ मूल्य पर्ने जग्गा निःशुल्क दिएका थिए ।   विसं २०७६ कात्तिक २६ गते एक वर्षमा सक्ने गरी रू. आठ करोड ७० लाखमा ठेक्का सम्झौता भएको बसपार्क समयमै नसकिँदा दुई पटक छ/छ महीना म्याद थपिएको हो । अहिले टर्मिनल र व्यावसायिक भवन निर्माण सम्पन्न भएको र पार्किङ स्थलको कालोपत्रेको तयारी छ । बसपार्कको ८५ प्रतिशत भौतिक प्रगति र ७० प्रतिशत वित्तीय प्रगति भएको छ ।  कोरोनाका कारण निर्माणमा केही ढिलाइ भए पनि फागुनभित्रै बसपार्क नगरपालिकालाई हस्तान्तरण गर्ने गरी बाँकी कामलाई तिव्रता दिइएको भए पनि पुनः निषेधाज्ञाले समस्या भएको बसपार्क निर्माणको जिम्मा लिएको आशिष फेवा जेभीले जानकारी दिएको छ । रासस