काठमाडौं : सहरी विकासमन्त्री एवं नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले चुनावी तालमेल सन्तोषजनक र सम्मानजनक नभएको भन्दै आक्रोश पोखेकी छन्। उनले सत्ता गठबन्धन दलहरुले आफूहरुलाई अपमान गरेको भन्दै हिसाब मिलान गर्ने चेतावनी समेत दिएकी छन्। आइतबार मध्यरातमा ट्विट गर्दै उनले गठबन्धनका दलहरूबीचमै पनि हार्दिकतापूर्ण वातावरण बनाउन नसकेको उल्लेख गरेकी छन्। सत्ता गठबन्धनका नेताहरूबीचको वार्ता र छलफलमा दम्भ देखिएको उनको भनाइ छ।आसन्न स्थानीय तह निर्वाचनको तालमेलका सन्दर्भमा गठबन्धन