आजदेखि सरकारी कारोबारको हिसाब मिलानका लागि सुपरभाइजरी इन्फर्मेसन सिस्टम (एसआईएस) कार्यान्वयनमा आउने भएको छ ।
यो प्रणाली लागू भएसँगै नेपाल राष्ट्र बैंकबाट इजाजत पत्रप्राप्त ‘क’ वर्गका बैंकले गर्ने सरकारी कारोबारको हिसाब मिलान एसआईएसमार्फत् हुनेछ ।
यसअघि सरकारी कारोबारकाे विवरण ईमेलबाट राष्ट्र बैंकलाई पठाउने गरिएकाे थियाे ।
साउन १ देखि सरकारी काराेबारकाे हिसाब मिलान याे प्रणालीबाट प्राप्त विवरण बमाेजिम हुने राष्ट्र बैंककाे सूचनामा उल्लेख छ ।