नेपालमा ठूला–ठूला राजनीतिक परिवर्तन भए । यो परिवर्तनमध्ये व्यवस्था नै परिवर्तन हुनुलाई ‘कोसेढुंगा’का रूपमा लिन सकिन्छ । तर दुर्भाग्य नै भन्नुपर्छ कि ठूला परिवर्तन संस्थागत गर्ने संस्थाहरू भने निरन्तर रूपमा क्षयीकरणको बाटोमा छन् ।
राज्य, समाज वा परिवारलाई व्यवस्थित रूपमा सञ्चालन गर्न संस्थाहरूको परिकल्पना गरिएक...