जिल्ला समन्वय समिति सोलुखुम्बुको प्रमुखमा नेपाली कांग्रेसका कृष्णप्रसाद निरौलाको मात्रै उम्मेदवारी परेको छ । ८ वटा स्थानीय तह रहेको जिल्लामा ५ वटा पालिकामा जित हाँसिल गरेको कांग्रेसको मात्रै जिल्ला समन्वय समितिमा उम्मेदवार दर्ता भएको हो । जिल्ला समन्वय समिति नेतृत्व चयनका लागि ९ मत आवश्यक पर्नेमा कांग्रेससँग १० मत छ । कांग्रेससँग बहुमत भएकाले अन्य अन्य दलले उम्मेदवारी नदिएका हुन् ।