प्रदेश तथा स्थानीय तहले ठूलो संख्यामा कर्मचारी अभाव झेलिरहेका बेला संघ मातहतको एउटै सरकारी कार्यालयमा करिब ६सय करार तथा ज्यालादारी कर्मचारी कार्यरत रहेको पाइएको छ। बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभागमा बिनाअध्ययन र गृहकार्य १ सय ६९ जना करारमा तथा ४ सय ज्यालादारीमा कर्मचारी कार्यरत रहेको विभागमातहतको कर्मचारी प्रशासन शाखाले जानकारी दिएको छ।जबकि त्यस विभागमा स्थायी दरबन्दीको संख्या ४ सय ८६ मात्र छ। अस्थायी दरबन्दी भने ७ सय ४४ रहेको उक्त शाखाले जनाएको छ। अस्थायी दरबन्दीभित्र करारमा कर्मचार