२०७८ चैत सम्मको तथ्याङ्क हेर्दा नेपाल राष्ट्र बैैंकबाट “घ” वर्गको इजाजत प्राप्त गरी स्थापना भएका ६५ लघुवित्त संस्था सञ्चालनमा छन् । यी लघुवित्त संस्थाले आफ्नो कुल ५०२० शाखामार्फत् ७७ जिल्लामा आफ्नो सेवा विस्तार गरिरहेका छन् । जसमध्ये हाल लघुवित्तमा ५७ लाख सदस्य आबद्ध रहेर सेवा लिइरहेका छन् भने ३२ लाख ऋणी सदस्य रहेका छन् । सेवा सरल र सहज बनाउन विपन्न परिवारको घरघरमा गई हाल २५ हजार हाराहारी कर्मचारी लघुवित्त संस्थामा आबद्ध भएर कार्यक्रम सञ्चालन गर्दै आएका छन् । कहिले भू