रुकुम पूर्वमा ६ नाल बन्दुक फेला

रुकुम पूर्व – रुकुम पूर्वमा ६ नाल भरुवा बन्दुक फेला परेको छ । सोमवार जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले भूमे गाउँपालिका ३ को तुङबाङ खोलाको जङ्गलमा ६ नाल भरुवा बन्दुक फेला पारेको हो ।  जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) अञ्जना श्रेष्ठका अनुसार जङ्गलमा बन्दुक लुकाएर राखेको भन्दै स्थानीयले दिएको सूचनाको आधारमा खोजी गर्दा ६ नाल बन्दुक फेला परेकाे हाे । सूचनालगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टंकप्रसाद भण्डारीको नेतृत्वमा गएको प्रहरी टोलीले बन्दुक फेला पारेको ...

सम्बन्धित सामग्री

ओडारमा लुकाइका ७ थना भरुवा बन्दुक बरामद

काठमाडौं : रूकुम (पूर्व) मने सिस्ने गाउँपालिका–८ लम्पाकोटस्थित स्याल्म्या चौर सामुदायिक वनको ओडारबाट ७ नाल भरूवा बन्दुक प्रहरीले बरामद गरेको छ।उक्त ओडारमा भरूवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट धपेबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको रुकुम पूर्व  प्रहरीले जनाएको छ।

दुई थान भरूवा बन्दुक बरामद

रुकुम । भूमे गाउँपालिका(१ वालुवास्थित सुन्दर सुमा सामुदायिक जंगलको ओडारबाट वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक २ थान सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी लुकुमबाट खटिएको प्रहरीले उक्त जंगलमा लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

रुकुम पूर्वमा ६ नाल बन्दुक भेटियो

रुकुम पूर्व - रुकुम पूर्वमा ६ नाल भरुवा बन्दुक फेला परेको छ । हिजो जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ३ को तुङबाङ खोलाको जङ्गलमा ६ नाल भरुवा बन्दुक फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) अञ्जना श्रेष्ठका अनुसार जङ्गलमा लुकाएर राखेको सूचनाको आधारमा खोजतलास गर्दा बन्दुक भेटिएको हो । भेटिएका बन्दुक जिल्ला प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले छ ।

रुकुम पूर्वमा जंगलबाट चार थान भरुवा बन्दुक बरामद

काठमाडौं । प्रहरीले रुकुम (पूर्व)बाट चार थान भरुवा बन्दुक बरामद गरेको छ । भूमे गाउँपालिका–७ धर्मशालास्थित डाङग्रीवाङको जंगलबाट ४ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो । जंगलमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

रुकुम पूर्वको सिस्नेमा १० नाल बेवारिसे बन्दुक भेटिए

प्रहरीले जिल्लाको सिस्ने गाउँपालिकाका विभिन्न स्थानमा १० थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको छ । गत जेठ २८ गतेयता एक महिनाको अवधिमा ती बन्दुक भेटिएका हुन् ।

रुकुम पूर्वबाट तीनथान भरुवा बन्दुक बरामद

काठमाडौं । प्रहरीले रुकुम पूर्वबाट तीनथान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीले सिस्ने गाउँपालिका–६ स्थित कुइरेपानीको जंगलबाट तीनथान भरुवा बन्दुक बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त बन्दुक फेला पारी बरामद गरेको जनाइएको छ ।

भरुवा बन्दुकसहित पक्राउ

काठमाडौं । रुकुम पूर्वमा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । पुथाउत्तरगंगा गाउँपालिका–१४, पोबाङ बस्ने ४० वर्षीय चन्द्रबहादुर कामीलाई एकथान भरुवा बन्दुकसहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनी लोड गरिएको अवस्थामा रहेको बन्दुक बोकी जंगलबाट घरतर्फ फर्कंदै थिए । सोही ठाउँस्थित सिद्वमण्डली माध्यमिक विद्यालय राङसीको मतदानस्थलमा खटिएको प्रहरी टोलीले फेला...