काठमाण्डौको टेकुमा रहेको वाग्मती र विष्णुमती नदीको संगम स्थानमा पञ्चलिङ्गेश्वरको उद्गम भएको मानिन्छ । पाँच प्रकारका उर्जा मिलेर उत्पत्ति भएको पञ्चलिङ्गेश्वर अपभ्रंश भएर काठमाण्डौको पचली भएको भनिन्छ । यहाँ अवस्थित पचली भैरवले ब्रह्मटोल, चल्खु, टेकुलगायत काठमाण्डौको दक्षिण कोलियग्रामको सुरक्षा गरिरहेको जनविश्वाश छ ।
स्थानीयले पचली आजुको नामबाट पुकार्ने पचली भैरवको जात्रा हरेक वर्षको बडा दशैंको समयमा घटस्थापनाका दिन शुरू भएर पञ्चमीसम्म सञ्चालन हुन्छ। नेपालमण्डलका जात्राहरूमध्ये दशैंको समयमा हुने पचलीभैरवको जात्रालाई महत्वपू...