उपत्यकामा नेवार समुदायले प्रत्येक वर्ष घटस्थापनादेखि पञ्चमीसम्म पचली भैरव जात्रा मनाउने गर्छ । टेकुस्थित पचली भैरव उपत्यकाको प्रमुख आकर्षक सम्पदास्थलका रूपमा पनि चिनिन्छ । त्यतिमात्र होइन प्रत्येक १२ वर्षमा काष्ठमण्डप अगाडि पचली भैरवको खड्गजात्रासमेत हुँदै आएको छ । नेवार समुदायले निकै ठूलो पर्वका रूपमा मनाउँदै आएको यही पचली भैरव जात्राभित्र लुकेको पचलीको प्रेमकथालाई रंगमञ्चमा उतारिएको छ ।