काठमाडौं : नक्कली लाभग्राही विवरण बनाएर सामाजिक सुरक्षा भत्ता अनियमितता गर्ने २ कर्मचारीविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।जाजरकोटको छेडागाड नगरपालिका-१२ मा सामाजिक सुरक्षा भत्तामा २ लाख ७३ हजार ४ सय रूपैयाँ अनियमितता गर्ने तत्कालीन वडा सचिव देवीलाल जैसी र कार्यालयका तत्कालीन प्रशासन सहायक रत्नबहादुर कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो। सामाजिक सुरक्षा भत्ता अनियमितता भएको उजुरीको आधारमा अनुसन्धान गर्दा जैसीले आब ०७५/७६ को प्रथम, दोस्रो
सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले विशेष अदालत काठमाडाैंमा एक वडा सचिव सहित गोरखाका चार जनाविरुद्ध आरोप पत्र दायर गरेको छ।...
काठमाडौं- नुवाकोटस्थित पञ्चकन्या गाउँपालिका वडा नं २ की वडा सचिव सरिता राउतसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। भत्ता र राजस्व रातारात गायब पार्ने वडासचिवसहित तीनजनालाई आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो। राउतसहित कार्यालय सहायक रामकुमार गिरी र सहयोगी नीलप्रसाद मिश्रले सरकारको सम्पत्ति बदनियतपूर्ण हानी नोकसानी गरेको अख्तियारको आरोप छ। उनीहरूलाई ५३ […]
२ साउन, धनगढी । बझाङको बुंगल नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वापतको ३९ लाख रुपैयाँ चोरीको अभियोगमा वडा सचिव र प्राविधिक सहायक पक्राउ परेका छन् । बुुङ्गल नगरपालिका–९ र ११ को वडा सचिवको रुपमा कार्यरत उपेन्द्र महतो र प्राविधिक सहायक खड्कबहादुर सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुुवै वडाको सामाजिक सुरक्षा भत्ता वापतको ३९ लाख […]
म्याग्दीमा एक जना वडा सचिवले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको पाइएको छ । जिल्लाको रघुगङ्गा गाउँपालिका–१, बेगका वडा सचिव सरस्वती आचार्यले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको गाउँपालिकाको छानबिन समितिले जनाएको छ । सामाजिक सुरक्षा भत्तामा अनियमितता र हिनामिना गरेको गुनासो र उजुरी परेपछि पालिकाले छानबिन समिति बनाएको थियो ।
कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिका कार्यालयको चरम लापरबाहीले वृद्धवृद्धा पीडित बनेका छन्। वृद्धवृद्धा मात्र नभई एकल महिला, दलित, अपाङ्गहरूसमेत गाउँपालिकाको लापरबाहिले सास्ती भोग्न बाध्य छन्। गाउँपालिकाले आब ०७४/७५ मा वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता नबाँडेपछि सरोकारवालाहरु यसबाट वञ्चित भएका छन्। अन्तिम चौमास...
पाल्पाको रम्घा गाउँपालिका–४ हुँमिनका वडा सचिवले चेक बोकेर सम्पर्कमा नआएपछि सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन ।वडा सचिव प्रेम नेपालीले असोज ९ गते रम्भा गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ताको करिव...पूरा पढ्नुहोस् »