बागलुङमा प्रभावकारी बन्यो ‘प्रसूति प्रतिक्षा घर’

जैमिनी नगरपालिका–५ बिनामारेकी २२ वर्षीया यामुना नेपाली दुई महिना अघि शिशुलाई जन्म दिन छिमेकी वडाको सर्कुवा स्वास्थ्यचौकी पुग्नुभयो । जैमिनी नगरपालिका–४ सकुवा स्वास्थ्यचौकीमै सुत्केरी हुन उहाँलाई प्रसूति प्रतिक्षा घरले प्रेरित गरेको थियो । सुत्केरी हुने समय आएपछि गर्भवती एक–दुई दिन पहिले नै स्वास्थ्यचौकी पुग्न थालेपछि सम्भावित खतराबाट समेत जोगिन थालेका छन् ।

सम्बन्धित सामग्री

बागलुङमा प्रभावकारी बन्दै हात्तीपाइले निवारण अभियान

गलकोट– बागलुङमा ‘यसै पटक अन्तिम पटक’ भन्ने नाराका साथ १४औँ चरणको हात्तीपाइले निवारण अभियान सुरु गरिएको छ । जिल्लाका सम्पूर्ण विद्यालयका विद्यार्थीलाई आज हात्तीपाइलेविरुद्धको औषधि खुवाएर अभियानको शुभारम्भ गरिएको हो  । तेह्र वर्षदेखि निवारण हुन नसकेको हात्तीपाइले निवारणका लागि आम औषधि अभियानलाई प्रभावकारी बनाउन विभिन्न रचनात्मक नारा तथा अभियानसहित आम औषधि सेवन अभियान सुरु गरिएको […]

बर्खा लागेपछि बागलुङका होमस्टे सुनसान

बर्खा लागेपछि बागलुङका घरबास (होमस्टे) पाहुना विहीन बनेका छन् । असार–साउनमा बागलुङमा पर्यटकको आगमनसमेत ह्वात्तै घटेको छ भने घरबास सञ्चालकसमेत खेतीपातीको काममा व्यस्त भएका छन् । बागलुङका पर्यटकीय सम्भावना भएका गाउँमा पछिल्लो समय घरबास कार्यक्रम निकै प्रभावकारी छ । बर्खामा पर्यटकको आगमनमा कमी हुनु, ग्रामीण सडक समस्याग्रस्त हुनु र बाढीपहिरोको घटनामा वृद्धिका कारण घरबासमा कमैमात्र पर्यटक पुग्न थालेका हुन् । महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण दुई वर्ष थला परेका घरबास कोरोनापछि राम

रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च

बागलुङ : जब असार लाग्छ, तब विकासका योजनाहरु धमाधम सम्झौता गर्ने र काम देखाउनेतर्फ सरकार लाग्छ। यो पुरानै परम्परा हो। सरकारले असारे विकासको अन्त्य गरी बैशाख जेठ महिनामै सबै योजना सक्ने भन्दै आए पनि त्यो कार्यान्वयन भने हुन सकेको छैन।मध्य वर्षात्‌मा हुने विकास बजेट सक्ने बाहेक प्रभावकारी रुपमा विकास हुन सकेको छैन। स्थानीय सरकारदेखि केन्द्र र प्रदेश सरकार यसतर्फ गम्भीर बनेको पाइँदैन।अधिकांश निकायले असारमा सडक निर्माण गर्दै आएका छन्। असारमा खनिएका सडकहरू वर्षाले गर्दा प्रयोग गर्न नमिल्ने ब

बागलुङमा ग्रामीण पोषण सुधार कार्यक्रम

बागलुङ । सुत्केरी महिला र एक हजार दिनका बालबालिकाको पोषण व्यवस्थापनका लागि बागलुङमा ग्रामीण पोषण कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ । कृषि ज्ञान केन्द्र बागलुङले दुई वर्ष उमेर समूहका बालबालिकाको परिवारलाई कार्यक्रममा सहभागी बनाउने भएको हो ।      गण्डकी प्रदेश सरकारको ग्रामीण पोषण सुधार कार्यक्रमअन्तर्गत सुत्केरी महिलालाई पोषणयुक्त तरकारी उत्पादन तथा मह उत्पादनमा जोडेर पोषणमा सुधार गर्ने कार्यक्रम रहेको ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए ।       सूचीकृत समूह वा सहकारीमा आबद्ध १५ देखि २५ जना सुत्केरी महिलाको समूहले यो कार्यक्रममा सहभागिता जनाउन पाउनेछन् । ‘दुई वर्षभित्रका बच्चा भएको परिवारका सदस्यले प्रमाणसहित कार्यक्रममा सहभागी हुन सक्छन्, त्यसका लागि क्लस्टर बनाउनुपर्छ’,  भट्टराईले भने, ‘यो कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान गरेका छौं ।’ कार्यक्रमका लागि जिल्लाभर ३० लाख खर्चिइनेछ । एक जना बालबालिकाको परिवारले २० हजार अनुदान पाउनेछन् ।      समूहमा आउनेलाई थप प्रोत्साहन गरिने उनी बताउँछन् । ‘च्याउ खेती गरेको हुनुपर्छ, सानो प्लास्टिक टनेल र एक घार माहुरी हुनुपर्ने कार्यक्रमको विधि छ’,  उनले भने, ‘मह, च्याउ, तरकारी र आवश्यक पोषिलो वस्तु कौसीमा उत्पादन होस् भन्ने हाम्रो उद्देश्य हो ।’ यो कार्यक्रमले घरमै पोषणयुक्त तरकारी तथा मह उत्पादन गर्न प्रेरित गर्ने उनले बताए । बालबालिका दुई वर्षको हुँदासम्म सुत्केरी र बालबालिकाका लागि मह र तरकारी प्रयोग हुने र त्यसपछि करेसाको तरकारीले घरखर्च चलाउन सहज हुने कार्यक्रमको लक्ष्य छ । ‘सिकाइ पनि होस्, उत्पादन र प्रयोग पनि होस्’, भट्टराई भन्छन्, ‘सहयोगले परिवारमा कुपोषणका कारण आउन सक्ने ठूलो क्षतिलाई कम गर्छ ।’  कार्यक्रममा सहभागी हुन कार्यालयले आह्वान गरे पनि कसैले आवेदन भने दर्ता गराएका छैनन् । समूह चाहिने, दर्ता भएको हुनुपर्ने र कम्तीमा १० जनाभन्दा बढीको समूह हुनुपर्ने भएकाले प्रक्रिया पुर्‍याउन कठिन छ । समुदाय स्तरमा सचेतना र जागरणमार्फत कार्यक्रम प्रभावकारी बनाउने कार्यालयको योजना छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले गरिरहेका पोषण सुधारका काममा कृषि ज्ञान केन्द्रको कार्यक्रमले सहयोग गर्ने भट्टराईको विश्वास छ । रासस

कोरोना संक्रमणका कारण बागलुङमा डेढ महीनामा ३३ जनाको मृत्यु

जेठ २१, बागलुङ । कोरोनाको दोस्रो भेरियन्टका कारण बागलुङमा कोरोना संक्रमण र मृत्युदर समेत गत वर्षको तुलनामा तेब्बरले बढेको छ ।  बागलुङको पछिल्लो तथ्यांकअनुसार डेढ महीनाको अवधिमा ३३ संक्रमितको मृत्यु भएको छ । कोरोनाको पहिलो लहरमा ११ जनाको मृत्यु भएको थियो ।  पहिलो लहरभन्दा दोस्रोमा बागलुङ निकै तीव्र गतिमा संक्रमण र मृत्युदर बढेको धौलागिरि अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेण्ट डा शैलेन्द्र बिक पोखरेलले जानकारी दिए । ‘पहिलो लहरभन्दा निकै खतरा रहेको भन्ने कुरा विश्व स्वास्थ्य संगठनले नै भनिसकेको छ । धौलागिरिका चार जिल्लामध्ये पनि बागलुङमा मृत्युदर बढेको छ’ डा पोखरेलले भने, ‘कोरोना संक्रमण बढ्दै गएपनि जटिल अवस्थाका बिरामी केही मात्रामा केही दिन यता घटेको देखिएको छ, अझै सचेतना अपनाउन जरुरी छ ।’  जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जिल्लामा संक्रमणको दर अझै नियन्त्रणमा नआएको बताए । जिल्लामा निषेधाज्ञा, सचेतना, परीक्षण र उपचार प्रभावकारी रुपमा गर्दा समेत संक्रमणको दर नघट्दा निषेधाज्ञा लम्ब्याउनु पर्ने अवस्था रहेको प्रजिअ कार्कीको भनाई थियो । जिल्लामा स्थानीय तह र नागरिक आफैँ जागरुक नभएसम्म कोरोना संक्रमण नियन्त्रण नहुने कार्कीको भनाइ छ ।   अहिले जिल्लामा एक हजार ७० जना सक्रिय संक्रमित पुगेको छ । यो संख्या जिल्लामा संक्रिय संक्रमित अहिलेसम्मकै उच्च रहेको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए । जिल्लामा पछिल्लो समय निषेधाज्ञासमेत उल्लंघन भइरहेकाले कारण कोरोना संक्रमण नघटेको नागरिकको गुनासो छ । बागलुङमा कोरोना संक्रमण मुक्त हुनेको दर ७२ प्रतिशत रहेको छ । रासस

बागलुङमा अन्तरराष्ट्रियस्तरको ‘टेलिमेडिसिन’

बागलुङ । कोरोना कहरका कारण विभिन्न माध्यमबाट समेत मनोपरामर्श र औषधि उपचारसमेत भइरहेका अवस्थामा बागलुङ नगरपालिकामा भने अन्तरराष्ट्रियस्तरको ‘टेलिमेडिसिन’ कार्यक्रम ल्याइएको छ । नगरपालिकाका पहलमा यो पाइलट प्रोजेक्टका रूपमा शुरू हुन थालेको नगर स्वास्थ्य शाखाले बताएको छ । जटिल प्रकारका समस्या गाउँकै स्वास्थ्यचौकीबाट समाधान गरिनेछ । अनलाइनमार्फत विदेशी विशेषज्ञ चिकित्सकसमेत उपचार तथा परामर्शमा सहभागी हुनेछन् । यसबाट जटिल तथा दीर्घरोगीले बढी स्वास्थ्य सेवा तथा परामर्श पाउने नगरपालिकाको अपेक्षा छ । नगरपालिका, एनआरएन यूके र अन्तरराष्ट्रिय बागलुङ समाजले संयुक्त सहकार्यमा नगरपालिकामा नमूनाको रूपमा यो कार्यक्रम शुरू हुन लागेको हो । कुनै पनि स्वास्थ्यसम्बन्धी जटिल समस्या आएमा स्थानीय स्वास्थ्यकर्मीले काठमाडौं तथा पोखरा सिफारिस गर्नुपर्ने अवस्था रहँदै आएकोमा अनलाइन माध्यमबाट विभिन्न देशमा रहेका विषय विशेषज्ञ चिकित्सकको सल्लाह एवं परामर्शमा औषधि उपचार तथा परामर्श गर्ने कार्यक्रम नै ‘टेलिमेडिसिन’ कार्यक्रम रहेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनालले बताए ।      नगरपालिकामा स्वास्थ्य पहुँच बढाउन टेलिमेडिसिन कार्यक्रम ल्याउन सहजीकरण गरिएको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए । एनआरएनए अन्तरराष्ट्रिय समितिका महासचिव एवं अन्तरराष्ट्रिय बागलुङ समाजका सल्लाहकार डा. हेमराज शर्मा तथा चार भञ्ज्याङ तमु समाज यूकेका अध्यक्ष चन्द्र गुरुङको पहलमा सो नगरपालिकामा नमूनाको रूपमा कार्यक्रम सञ्चालनमा आउनेछ । यो कार्यक्रम प्रभावकारी हुँदै आएमा जिल्लाको दुर्गम पालिका ढोरपाटन, बडिगाडलगायतमा समेत शुरू गरिने अन्तरराष्ट्रिय बागलुङ समाजका कार्यालय प्रमुख सुरेन्द्र कँडेलले जानकारी दिए । रासस

बागलुङमा सेना परिचालन

पोखरा । सर्वसाधारणले अटेर गरेपछि यसलाई प्रभावकारी बनाउन बागलुङमा सेना परिचालन गरिएको छ । जिल्ला सुरक्षा

प्रभावकारी बन्दै स्वास्थ्य बीमा कार्यक्रम

बागलुङः नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम बागलुङमा पनि प्रभावकारी बन्दै गएको छ । जिल्लामा वि.सं २०७३ असारदेखि शुरुआत गरिएको सो कार्यक्रममा हालसम्म ५२ हजार २०८ जना स्वास्थ्य बीमामा आबद्ध ...

प्रभावकारी बन्दै स्वास्थ्य बीमा

नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम बागलुङमा पनि प्रभावकारी बन्दै गएको छ । जिल्लामा विसं २०७३ असारदेखि शुरुआत गरिएको सो कार्यक्रममा हालसम्म ५२ हजार २०८ जना स्वास्थ्य बीमामा आबद्ध भएको स्वस्थ्य बीमा बोर्र्ड कार्यालयका दर्ता अधिकारी जमुना शर्माले बताउनुभयो । जिल्लाका दश स्थानीय तहमध्ये बागलुङ नगरपालिकामा बीमा गर्नेको सङ्ख्या बढी रहेको उहाँले जानकारी दिनुभयो ।

बागलुङमा युवा उद्यम कार्यक्रम प्रभावकारी

गल्कोट समाचारदाता बागलुङ,फागुन २ गते । बागलुङमा युवा उद्यम कार्यक्रम प्रभावकारी बनेको छ । युवाहरुलाई स्थानिय स्तरमा नै उद्यमशिल र स्वरोजगार...