काठमाडाैँ – सहिद स्मार ए डिभिजन लिग फुटबलमा साविक च्याम्पियन मच्छिन्द्र र सर्वाधिक ८ पटकको च्याम्पियन मनाङले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन्। जारी सिजन दुबै क्लब गतिलो प्रदर्शन गर्न असफल रहँदा तेस्रो चरणमा १–१ अङ्क बाँडन बाध्य भए। एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार मनाङसँग बराबरी खेलेसँगै साविक च्याम्पियन मच्छिन्द्रले तेस्रो खेलमा पहिलो अङ्क हासिल गर्यो। […]