सरकारले संविधान दिवसको दिन घोषणा गरी नयाँ वर्षको दिन प्रदान गर्ने विभूषण लिन २७४ जनाले अस्वीकार गरेका छन् । सरकारले पछिल्ला वर्षहरुमा दलका पहुँचवाला नेता तथा कार्यकर्तालाई जथाभावी विभूषण वितरण गर्दै आएको छ, जसको कारण ‘विभूषण दिने मापदण्ड’का विषयमा प्रश्न उठ्ने गरेको छ । सरकारले विभूषणका लागि छनौट गरेका नाम विवादमा परेपछि पछिल्ला वर्षहरुमा विभूषण अस्वीकार गर्नेको संख्या बढ्न थालेको हो । महालेखा परीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प