बाह्रबिसे : सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्यास सिलिण्डर विष्फोट हुँदा ३ जना बालबालिकाको मृत्यु भएको छ। बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा ग्यास लिक भएर विष्फोट भएपछि मिनबहादुर तामाङको घर दनदनी बलेको थियो। दनदनी बलेको घरमा तामाङका १० वर्षीय छोरा इशाक, मिनबहादुरका भाइ कुमार तामाङका ६ वर्षीय छोरा सरगम र छिमेकी पदम तामाङकी अढाइ वर्षीया छोरी दिव्याको घरभित्रै जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्र शाहले जानकारी दिए।&