महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शुक्रबार बयानका लागि बोलाएको छ । बिहीबारको बैठकमा जबरामाथि उठेका पूरक प्रश्न सोध्न शुक्रबार विहान ९ बजे बोलाइएको समितिले जनाएको छ ।बिहीबार समितिले जबराले आरोप लगाएका कानुन व्यवसायीसँग छलफल गरेर सकेको छ । उक्त छलफलमा जबरामाथि उठेका प्रश्न सोध्न समितिले उनलाई पुनः बोलाएको हो ।