काठमाण्डौ – सरकार र नेपाल शिक्षक महासङ्घबीच सहमति भएपछि आन्दाेलनरत शिक्षकहरु घर फर्कन थालेका छन् । आन्दाेलनका क्रममा छुटेका कक्षा भने बिदाका दिनमा हुने नेपाल शिक्षक महासङ्घले जनाएकाे छ । महासङ्घका अध्यक्ष कमला तुलाधर र लक्ष्मीकिशोर सुवेदीले आज जारी गरेको विज्ञप्तिमा छुटेको कक्षा बिदाका समयमा सञ्चालन गर्न सामुदायिक विद्यालयका शिक्षकलाई आग्रह गरिएको छ ।
नेपाल सरकारसँग शुक्रवार भएको छ बुँदे सहमति महत्वपूर्ण भएकाले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाउँदै महासङ्घले आन्दोलनमा सहभागी सम्पूर्ण शिक्षक तथा कर्म...