काठमाडौँ- कास्की निर्वाचन क्षेत्र नम्बर २ को मतगणना जारी छ ।
प्रतिनिधि सभा निर्वाचनमा एक हजार सात सय चार मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले अग्रता लिएका छन् । उनले ५२८ मत प्राप्त गरेका छन् ।
त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले ३९७ मत, नेकपा समाजवादीका श्रीनाथ बरालले २९६ मत प्राप्त गरे...