हेटौंडा : नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल बागमती प्रदेशको चौथो मुख्यमन्त्री बन्ने भएका छन्।बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको शीर्ष नेताहरूको बैठकले बागमती प्रदेश सरकारको नेतृत्व नेकपा माओवादीले गर्ने निर्णय गरेको हो। योसँगै माओवादी संसदीय दलका नेता रहेका जम्मकट्टेल प्रदेशको चौथो मुख्यमन्त्री बन्ने पक्का भएको छ।प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रहेका जम्मकट्टेल यसअघि २०७४ मा नेकपाको सरकार हुँदा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए। नेकपा विभाजन हुँ