पर्वत : मोदी गाउँपालिका–६ दोबिल्लास्थित रचना केसीको घरमा कोही विद्यालयको पोसाक लगाएका त कोही बिना पोसाक नै विद्यार्थी जम्मा हुन्छन्। बिहान १० बजे रचनाको घरमा पुग्नेहरू ४ बजेसम्म त्यहीँ पढ्छन्, त्यहीँ खेल्छन्।कहिले घरको पिँढीमा पढिरहेका हुन्छन् त कहिले घरभित्रको कोठामा। उनीहरू ट्युसन पढ्नका लागि भने त्यहाँ पुगेका होइनन्।गत भदौ १८ गते दिउँसो करिब ३ बजे आएको पहिरोले स्थानीय हरि प्राथमिक विद्यालयको दुई कोठे भवन भत्काइदियो। दुई वटा कोठालाई बीचबाट बाँडेर तीन कक्षासम्मको अध्यापन, त्यसैमा अफिस र भ