जनकपुरमा यसरी मनाइयो होली, तस्बिरमा हेरौं

जनकपुर । मिथिला मधेशमा समानता र निष्छलताको पर्वको रुपमा रहेको होली हर्षोल्लासपूर्वक मनाइएको छ । प्रदेश २ का जनकपुरसहित विभिन्न शहर र ग्रामीण क्षेत्रमा होली मनाइएको हो । यसैक्रममा जनकपुरका विभिन्न चोकमा स्थानीय युवाहरुले मटका फोड लगायतका कार्यक्रमहरु समेत गरेका छन्   ।

सम्बन्धित सामग्री

विवाहपञ्चमी अन्तर्गत फूलबारी लीला मनाइयो

जनकपुर । जनकपुरमा जारी साताव्यापी राम जानकी विवाह पञ्चमी महामहोत्सव अन्तर्गत शनिबार फूलबारी लीला मनाइएको छ । फूलबारी लीलामा भगवान राम र लक्ष्मणको प्रतीकका रुपमा एक जोडा बालबालिकालाई विवाहमण्डप प्राङ्गणमा रहेको फूलबारीमा घुमाइन्छ । सप्ताहव्यापी रुपमा मनाइने महोत्सवको पहिलो दिन नगरदर्शन सम्पन्न भएको थियो । त्रेतायुगमा भगवान् राम र लक्ष्मण जनकपुरधाम आएको बेला फूलबारीमा घुम्न […]

मिथिलाञ्चलमा हर्षोल्लासका मनाइयो वटसावित्री पर्व

विवाहित हिन्दु मैथिल नारीले जनकपुरमा वरसाइत हर्षोल्लासका साथ (वटसावित्री) पर्व मनाएका छन् । श्रीमान्को आयु र आफनो अटल सौभाग्यको कामना गर्दै महिलाहरुले वटसावित्री पर्व मनाउने परम्परा रहेको छ । सत्य युगमा सती सावित्रीले आफ्नो तपश्या र साधनाले जेठ औंसीका दिन अटल सौभाग्यको वरदान पाएको विश्वासको आधारमा यो पर्व मनाउने मैथिल परम्परा छ ।जेठ कृष्ण चतुर्दशीका […]

मिथिलाञ्चलमा हर्षोल्लासका साथ मनाइयो वटसावित्री पर्व

धनुषा – विवाहित हिन्दु मैथिल नारीले जनकपुरमा हर्षोल्लासका साथ (वटसावित्री) पर्व मनाएका छन् । श्रीमानको आयु र आफनो अटल सौभाग्यको कामना गर्दै महिलाहरुले वटसावित्री पर्व मनाउने परम्परा रहेको छ । सत्य युगमा सती सावित्रीले आफ्नो तपश्या र साधनाले जेठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएको विश्वासको आधारमा यो पर्व मनाउने मैथिल परम्परा छ । जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वटवृक्ष (वरको रुख) फेदमा व्रतालु मिथिलानीले सामूहिकरुपमा सावित्रीलाई सम्झँदै...

मिथिलाञ्चलमा हर्षोल्लासका मनाइयो वटसावित्री पर्व

विवाहित हिन्दु मैथिल नारीले जनकपुरमा वरसाइत हर्षोल्लासका साथ (वटसावित्री) पर्व मनाएका छन् । श्रीमानको आयु र आफनो अटल सौभाग्यको कामना गर्दै महिलाहरुले वटसावित्री पर्व मनाउने परम्परा रहेको छ । सत्य युगमा...

जनकपुरमा धुमधाम साथ मनाइयो हनुमान जयन्ती

जनकपुरधाम । हनुमान जयन्ती जनकपुरधाममा भव्यताका साथ सम्पन्न भएको छ । जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिर, राम मन्दिर, संकटमोटनका अतिरिक्त हनुमान मन्दिरहरुमा विशेष आरती गरिएको छ । यस अवसरमा कतै भजन, कतै गोष्ठी कतै वृक्षारोपण गरिएको छ । रामनवमी, जानकी नवमी जस्तै जनकपुरधाममा हनुमान जयन्तीपनि मनाइने गरिएको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन […] The post जनकपुरमा धुमधाम साथ मनाइयो हनुमान जयन्ती appeared first on राजधानी राष्ट्रिय दैनिक.

जनकपुरमा मनाइयो जुडशितल पर्व

जनकपुरधाम । मैथिलहरुले आज जुडशितल पर्व मनाएका छन् । विक्रम संवत् परम्पराको प्रत्येक नयाँ वर्षमा ‘जुडशीतल’ पर्व मनाइन्छ । दुई दिन मनाइने यो पर्वको पहिलो दिन ‘सतुवाइन’ र बैशाख २ गतेलाई ‘जुडशीतल’ भनिन्छ । उल्लास र सहकालको प्रतीक मानिने यो पर्वले प्राचीन मिथिला क्षेत्र उल्लासमय बनेका छन् । मधेश प्रदेश सरकारले यो पर्वको महत्व देखेर […] The post जनकपुरमा मनाइयो जुडशितल पर्व appeared first on राजधानी राष्ट्रिय दैनिक.

जनकपुरमा उल्लासपूर्वक मनाइयो होली

जनकपुरधाम : जनकपुरधामसहित आसपासको क्षेत्रमा शनिबार आज उल्लासपूर्वक होली मनाइएको छ।अन्तरगृह परिक्रमाको एक दिनपछि जनकपुरधाममा होली हुने भएकाले यसपालि शनिबार होली मनाइएको हो। होलीका लोकगीत, संगीतले जनकपुरधाम गुञ्जायमान बनेको हो।होलीका गीत मिथिलामा फरक-फरक किसिमले गाइन्छ। फागु पूर्णिकाको दिन आफ्नो कुलदेवतालाई अवीर र सिन्दूर चढाई पूजा गरिन्छ। विभिन्न परिकार बनाई खुसियालीका साथ खाने-खुवाउने चलन रहेको छ। खानापछि एक अर्कालाई अँगालो मारी माया-प्रेम बाँड्ने चलन छ।जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा फागुन

जनकपुरमा विवाह पञ्चमीको रौनक : तिलकोत्सव मनाइयो

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत भोलि पाँचौं दिन मटकोर, छैंठौं दिन विवाह पञ्चमी महोत्सव मनाइन्छ भने अन्तिम दिन रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ ।

जनकपुरमा यसरी मनाइयो छठ (फोटो फिचर)

२५ कात्तिक, जनकपुर । तराईमा चार दिनसम्म धुमधामका साथ मनाइने छठ पर्वको आज अन्तिम दिन । बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सकिएको छ । तराईंका जिल्लामा व्रतालुहरूले नजिकैका नदी, खोला र पोखरीमा गई आज बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत र छठको समापन गरेका हुन् । […]

जनकपुरमा यसरी मनाइयो छठ पर्व (तस्बिरहरु)

जनकपुरधाम । छठ पर्वका अवसरमा ब्रतालुहरुले बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । तलाउ तथा पोखरीहरूको सहर भनेर चिनिने जनकपुरमा ब्रतालुहरुले तलाउ तथा पोखरी छेउ बनाइएका घाट अगाडि स्नान गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि ब्रत समापन हुन्छ । ब्रतालुहरु आज रातभर तलाउ, पोखरी तथा नदी किनारमा बनाइएका घाटमा बसेर दीप प्रज्वलन गरी छठ माताको आराधना गर्दछन् ।कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन