चैत १०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिहीवार रातीदेखि विद्युत् आपूर्ति सूचारु गर्ने भएको छ ।
प्राधिकरणले भारतसँग प्रतियुनिट ३८ रुपैयाँ २० पैसामा विजुली खरीद गर्ने भएको हो । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बिहीवार पत्रकार सम्मेलन गरेर भारतसँग अहिलेसम्मकै उच्च मूल्यमा विजुली खरीद गर्ने सम्झौता भएको बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंगले नेपालमा लोडसेडिङ कुनै पनि हालतमा नहुने बताए । उनले घरेलु लोडसेडिङ हुन नदिने भन्दै अहिले अल्पकालिन समस्या आएता पनि भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा विद्युत् खरीद गरेर औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति सूचारु हुने बताए ।
भारतमा विजुली महंगो भएको भन्दै प्राधिकरणले भारतबाट विद्युत् खरीद गर्न नसक्दा नेपालका कतिपय औद्योगिक क्षेत्रमा विद्युत् अभाव भएको थियो ।