कंग्रेस अध्यक्ष सोनिया गान्धीका निजी सचिव माधवनमाथि बलात्कार आरोप

भारतीय राष्ट्रिय कांग्रेस अध्यक्ष सोनिया गान्धीका निजी सचिवविरुद्ध बलात्कारको आरोप लागेको छ। एक २५ वर्षीय युवतीले यस्तो आरोप लगाएकी हुन्। दिल्ली प्रहरीले २५ वर्षीया महिलाको उजुरीमा गान्धीका निजी सचिव पिपी माधवनविरुद्ध बलात्कार र आपराधिक धम्कीको मुद्दा दर्ता गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। आफूलाई जागिर दिने प्रलोभन देखाएको र विवाहको आश्वासन दिएको पीडितले माधवनविरुद्ध आरोप लगाएकी […]