काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल एक चीन नीतिप्रति दृढ रहेको बताउनु भएको छ ।
प्रधानमन्त्री देउवाले छिमेकी मित्र राष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिन पनि सरकार सचेत रहेको बताउनु भयो ।
आज सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले आफूले विगतमा पनि प्रधानमन्त्री हुँदा चीन विरुद्ध सक्रिय नेपालको एक संस्थालाई रोक लगाएको दाबी समेत गर्नुभयो ।
प्रधानमन्त्री देउवाले बीआरआईलगायतका विकास सहायता लिने विषयमा पनि सरकारले बुद्धिमतापूर्ण निर्णय लि...