नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ ।
अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्य दुवैलाई संक्रमण भएको उनको सचिवालयले लोकान्तरलाई जानकारी दियो । सचिवालयका अनुसार दुवैजना घरमै आइसोलेसनमा छन् ।
एन्टीजेन र पीसीआर दुवै परीक्षण गर्दा शनिवार संक्रमण पुष्टि भएको हो । शुरूमा एन्टीजेन परीक्षण गर्दा संक्रमण देखिएपछि पीसीआर परीक्षण गरिएको थियो ।
अध्यक्ष ओलीलाई कोरोना संक्रमण भएकै कारण एमालेले आज गर्ने भनिएको पत्रकार सम्मेलन समेत स्थगित भएको छ ।