५८ लाख रुपैयाँ ठगिएकाे भन्दै ज्याकी श्रफकी पत्नी आयशाले दिइन् प्रहरीमा उजुरी

भारतीय कलाकार ज्याकी श्रफकी पत्नी आयशा ५८ लाख रुपैयाँ धोकाधडी भएको भन्दै प्रहरीमा पुगेकी छन् ।

सम्बन्धित सामग्री

विराटनगरको तुलसी सहकारीबाट ६७ करोड ८६ लाख हिनामिना, अध्यक्षसहित ५ सञ्चालक फरार

विराटनगरमा मुख्य कार्यालय रहेको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको ६७ करोड ८६ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा अध्यक्षसहित ९ जनाविरुद्ध जिल्ला अदालत मोरङमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ ।  विराटनगरका मात्र १ हजार २ सय ९७ जना बचतकर्ताले ५० करोड ६३ लाख भन्दा बढी आफ्नो बचत हिनामिना भएको भन्दै मोरङ प्रहरीमा उजुरी दिएका थिए ।

अपहरणमा परेको नाटक गरेर परिवारसँग २० लाख फिरौती माग

काठमाडौं । ललितपुरको इमाडोलमा एक व्यक्तिले आफैलाई अपहरणमा परेको नाटक गर्दै परिवारसँग २० लाख रुपैयाँ फिरौती मागेको प्रहरीले दाबी गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार इमाडोल बस्दै आएका सप्तरीको राजगढ गाउँपालिका—३ का ३१ वर्षीय कृष्णकुमार शर्मा असार १ गतेबाट हराइरहेको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएका थिए। असार २ गते कृष्णले प्रयोग गर्ने […]

अश्लिल भिडियो बनाएर ५० लाख बार्गेनिङ गर्ने  तिमिल्सेना पक्राउ

गत बैशाख २६ गते  एक महिलाको अश्लिल भिडियो खिचे । त्यसपछि उनले चरित्र हत्या गर्ने धम्की दिए । सामाजिक सञ्जालमा हालिदिने उनको धम्की थियो । भिडियो डिलिट गर्न ति महिलाले पटक पटक आग्रह गरिन् । उनले भिडियो हटाउने भए ५० लाख दिन भने । पीडित महिलाले ३ लाख रुपैयाँ दिइन् । बाँकी रकम पनि मागिरहे । पटक पटक धम्की दिएपछि महिलाले कास्की प्रहरीमा उजुरी दिइन् । प्रहरीले अनुसन्धान सुरु गर्‍यो । अन्ततः कैलाली प्रहरीको समन्वयमा कास्की प्रहरीको टोलीले बाजुरा बडीमालिका ७ का २७ वर्षीय शान्तराज तिमिल्सेनाल

१६ वर्षीय बालकको मोबाईल गेम खेल्ने लतले उडायो आधा करोड बढी रकम

जेठ २२, काठमाडौं। यदि तपाईको घरका बालबालिकालाई पनि मोबाइल गेम खेल्ने लत लागेको छ भने यो खबरले तपाईलाई अचम्ममा पार्न सक्छ । छिमेकी देश भारतमा १६ वर्षीय बालकले मोबाइलमा गेम खेल्ने मामिलामा आमाको खाताबाट पूरै ३६ लाख भारतीय रुपया (नेपाली ५७ लाख रुपैयाँ) उडाएका छन् । भारतमा पीयूबीजी गेमको समयमा पनि यस्तै धेरै घटनाहरु बाहिर आएका थिए। पछिल्लो घटना हैदराबादको हो। साइबर अपराध शाखाका अनुसार बालकले आफ्नो हजुरबुवाको स्मार्टफोनमा फ्री फायर गेम डाउनलोड गरेका थिए । बिस्तारै उनलाई खेलको लत लाग्न थाल्यो । सुरुमा १५ सय रुपैयाँ खर्च गरेपछि आमाको बैंक खाताबाट १० हजार रुपैयाँ खेलमा खर्च गर्न थाले ।  बालक यत्तिमै रोकिएनन्,  पछि गएर खेलमा करोडौं लगानी गर्न थाले । यो कुरा परिवारमा कसैलाई पनि थाहा थिएन ।  यो खवर थाहा पाएर सबै छक्क परेका छन् ।  खेलको क्रेज यतिसम्म भयो  एकै पटक डेढदेखि २ लाख भारतीय रुपयासम्म तिर्न थाले । बालककी आमाले बैंकमा गएर आफ्नो खाता चेक गर्दा यो कुरा बाहिर आएको हो । महिलाले आफ्नो खातामा २७ लाख रुपया रहेको र अहिले त्यो खाली भएको थाहा पाएकी थिइन् । त्यसपछि दोस्रो खाता जाँच गर्दा त्यसबाट पनि ९ लाख रुपया खर्च भएको थियो । यसबारे महिलाले प्रहरीमा उजुरी गरिन् । अनुसन्धान गर्दा सबै पैसा खेलमा खर्च भएको पाइएको थियो । कक्षा ११ मा अध्ययनरत यी विद्यार्थीका बुबाको मृत्यु भइसकेको छ । यी दुवै खातामा लाखौं रुपया श्रीमानको मृत्युमा क्षतिपूर्तिस्वरूप प्राप्त भएको बालककी आमाले बताएकी छन् । एजेन्सी

पब्जी खेल्दा यी बालकले उडाए आमाको १० लाख नगद, बाउले दिए प्रहरीमा उजुरी

एक १६ वर्षीय किशोरले पब्जी खेल्नका लागि आफ्नो आमाको बैंक खाताबाट १० लाख रुपैयाँ चोरेका छन् ।  भारत मुम्बईंमा ती किशोरले पब्जी खेल खेल्नकमा लागि बैंकबाट १० लाख रुपैयाँ चोरेका हुन् ।  मुम्बई प्रहरीका अनुसार यो घटना बुधवारको हो ।  किशोरको बुवाका अनुसा, विगत एक महिनादेखि उसलाई पब्जीको लत बसेको थियो । मोबाइल फोनमा दिनभर उसले पब्जी खेल्ने गरेको थियो ।  बैंकबाट रकम निकालेर उ घरबाट निक्लिएर बेपत्ता भएको छ । घरबाट भागेका ती किशोरलाई बिहीवार दोपहरको महाकाली इलाकाबाट पक्राउ गरिएको प्रहर...

ठगीको आरोपमा पूर्वमन्त्री साहविरुद्ध उजुरी

पूर्वमन्त्री  प्रभु साहविरुद्ध एक महिलाले २० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीमा उजुरी दिएकी छन् । काठमाडौंकी दीपा केसी (कुँवर)ले पूर्वमन्त्री तथा विघटित प्रतिनिधिसभा सदस्य  साहविरुद्ध महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएकी छन् ।

पूर्व मन्त्री साहविरुद्ध प्रहरीमा उजुरी, क्यानडा लैजाने भन्दै पैसा लिएको आरोप

काठमाडौं : पूर्व मन्त्री प्रभु साहविरुद्ध प्रहरीमा उजुरी परेको छ। महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा पूर्व मन्त्री साह विरुद्ध उजुरी परेको हो। आइतबार एक महिला साहको बुद्धनगरस्थित घरमा पुगेर हल्लाखल्ला गरेपछि घटना बाहिरिएको थियो। ती महिलाले केही वर्षअघि आफूलाई विदेश लैजाने भन्दै साह ३० लाख रुपैयाँ लिएको तर विदेश नपठाएको आरोप लगाइन्।…

महिनौँदेखि हराएको मोटरसाइकल प्रहरीले भेट्टाएर दिएपछि सवारीधनी दंग

काठमाडौः २०७६ असार २४ गते पदम गुरुङको २२० सिसी मोटरसाइकल राखेको स्थानबाटै हरायो। २ लाख रुपैयाँ भन्दा बढी रकम तिरेर किनेको मोटरसाइकल हराएपछि प्रहरीमा उजुरी दिए। तर दिन मात्र होइन महिना बित्यो उनको मोटरसाइकल फेला परेन। झन्डै एक वर्षपछि उनको मोटरसाइकल प्रहरीले फेला पारेको छ। आइतबार महानगरीय प्रहरी परिसर