काठमाडौँ– अफगानिस्तानमा शैक्षिक सत्र सुरु भएको झण्डै चार महिना बितिसक्दा पनि मुलुकको पूर्वमा रहेको बडाखशान प्रान्तको पामिर क्षेत्रका विद्यालय खुल्न सकेका छैनन् । गत वर्षको अगस्ट महिनामा अफगानिस्तानको शासन कब्जामा लिएपछि तालिबानले शिक्षामा ध्यान नदिएको भन्दै आलोचना भइरहेका बेला शैक्षिक सत्र सुरु भएको झण्डै चार महिना बितिसक्दा पनि पामिर क्षेत्रमा विद्यालय खुल्न नसकेका हुन् । […]