सन नेपाल लाइफ इन्स्योरेन्सको  वार्षिक साधारण सभा सम्पन्न, ४ जना सञ्चालक निर्विरोध निर्वाचित

वैशाख १०, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चौथो बार्षिक सााधारण सभा शुक्रवार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न साधारण सभाले आव २०७६/ ०७७ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहित आव २०७६/ ०७७ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदन पारित गरेको छ । साथै सोही सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समूह (क) बाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरु क्रमश : अनुज क्याल, सशांक अग्रवाल, किरण के.सी. र नारायण रुगटा  निर्विरोध निर्वाचित भएका छन् ।  यसैगरी सभाले यसका अतिरिक्त कम्पनीको पूँजी वृद्धि गर्नेलगायतका प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।   

सम्बन्धित सामग्री

सन नेपाल लाइफको चौथौ वार्षिक साधारण सभा शुक्रवार हुदै

बैशाख ९, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ वार्षिक साधारण सभा बैशाख ९ गते शुक्रवार हुनभएको छ । सभा हायात प्लेस रेडक्रस रोड ताहाचलमा अपरान्ह ४ बजे शुरु हुने जानकारी दिएको छ । सभाले कम्पनीको पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । बीमा समितिले जीबन बिमा कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब पु¥याउन निर्देशन दिएसँगै सोही अनुसार पूँजी वृद्धि प्रस्ताव राखेको हो । कम्पनीले अव सोही पूँजीको आधारमा आईपीओ निष्कासन गर्नेछ । साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी सभाले आव २०७६ ÷७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने र आव २०७७÷७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । संञ्चालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने४ जना र सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सन नेपाल लाइफको चौथौ वार्षिक साधारण सभा वैशाख ९ गते

वैशाख २, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ वार्षिक साधारण सभा वैशाख ९ गते गर्ने भएको छ । सभा हायात प्लेस रेडक्रस रोड ताहाचलमा अपरान्ह ४ बजे शुरु हुने जानकारी दिएको छ । सभाले कम्पनीको पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब पुर्‍याउन निर्देशन दिएसँगै सोही अनुसार पूँजी वृद्धि प्रस्ताव राखेको हो । कम्पनीले अव सोही पूँजीको आधारमा आईपीओ निष्कासन गर्नेछ । साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सञ्चालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने४ जना र सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सन नेपालको प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा कम्पनीले प्रिमियम मुल्यमा आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । सभामा आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन वासलात, नाफा नोक्सान, हिसाब नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचि एनएफआरएस प्रणाली लागु गरी […]

सन नेपाल लाइफको साधारण सभा सम्पन्न, आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित

साउन २६, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा कम्पनीको कर्पोरेट कार्यलय कमलादीमा भर्चुअल माध्यमबाट सोमवार सम्पन्न भएको हो ।  सभाले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले आव २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । आव २०७६/७७ को लागि लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको हो ।  कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्कासन पछि पूँजी रू. २ अर्बभन्दा बढी पुग्नेछ ।  सभाले स्वतन्त्र सञ्चालकमा नितु कयाललाई नियुक्त गरेको जानकारी गराएको छ । हालसम्ममा कम्पनीले देशभरका २० ओटा शाखा कार्यलय तथा १०८ उपशाखा कार्यालयमार्फत आफ्ना बिमितलाई सरल, सहज र उत्कृष्ट जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न सन नेपाल लाइफले बोलायो साधारण सभा

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउन २५ गते साधारण सभा बोलाएको छ। आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न कम्पनीले वार्षिक साधारण सभा बोलाएको जनाइएको छ। इन्स्योरेन्स कम्पनीले आफ्नो कर्पोरेट कार्यालय, कमलादीमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। कोरोना महामारीको कारण साधारण सभा अनलाइनमार्फत गर्ने गरी शेयरधनीहरुलाई मिटिङ्गको आईडी र पासवर्ड उपलब्ध गराउने कम्पनीले बताएको छ।

सन नेपाल लाइफले आईपीओ निष्कासन गर्न बोलायो साधारण सभा

काठमाडौं, ४ साउन । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा हुने भएको छ । इन्स्योरेन्सको कार्यालय कमलादीमा भर्चुअल माध्यमबाट साउन २५ गते सभा हुने भएको हो । कम्पनीको सभाले आईपीओ निष्कासनको प्रस्ताव गर्ने जनाइएको छ । यसको साथै ०७५/७६ को वार्षिक प्रतिवेदन वित्तीय विवरण र आर्थिक वर्ष ०७६÷७७ को वर्तमान लेखा परीक्षकलाई […]