अमेरिकाको केन्द्रीय बैंकले विगत तीस वर्षमा पहिलो पटक उच्च ब्याजदर बढाउने घोषणा गरेको छ ।
फेडरल रिजर्भ बैंकले १ दशमलव ५ देखि १ दशमलव ७५ सम्मले ब्याजदर बढाउने घोषणा गरेको हो । गएको महिना अप्रत्याशित रूपमा अमेरिकामा मुद्रास्फीति बढेपछि मार्चयताको यो तेस्रो यस्तो वृद्धि हो ।
यो सँगै अर्थतन्त्रले सामना गरिरहेको अनिश्चितता थप बढ्ने ठानिएको छ । सन् १९९४ पछि यति उच्च दरमा ब्याजदर बढाइएको पहिलो पटक हो । गएको मार्च महिनामै पनि ब्याजदर बढिसकेकाले अब बढ्ने ब्याजदरले अमेरिकामा महँगी निकै बढ्ने र उत्पादन क्षेत्र खुम्चिने अर्थविद्...