नेकपा माओवादी केन्द्रले वैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाउने विशेषमा एक विशेष सर्कुलर जारी गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका इन्चार्ज, अध्यक्ष र प्रदेश समितिहरूलाई सर्कुलर पठाउँदै वैशाख ५ भित्र सबै तहको उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका छन् । जसअनुसार माओवादीले महानगर र उपमहानगर क्षेत्रबाट बढीमा ३ जना उम्मेदवारको नाम मागेको छ । सर्कुलर अनुसार प्रदेश समितिहरूले सर्वसम्मत भए एक–एक जना र नभए प्राथमिकताका क्रममा ३ जनासम्मको नाम