कोभिड–१९ महामारी विगत दुई वर्षयता मत्थर हुने क्रममा छ तर एउटा देशबाट अर्को देशमा आवतजावत भने अझै सहज हुन सकेको छैन । आवतजावत अवरुद्ध हुँदा चीनमा पढ्ने नेपाली विद्यार्थी मर्कामा परेका छन् ।
महामारीबाट जोगिन घर फर्केका विद्यार्थीको भविष्य अन्योलमा परेको गुनासो झापा सुरुङ्गाका दिव्यप्रकाश राय गर्छन् । उनी एमबीबीएस पढ्न चीनको ग्वान्सी प्रान्तको विश्वविद्यालय पुगे । एक वर्षको भाषा अध्ययन र बाँकी पाँच वर्षको चिकित्सकीय अध्ययन पनि पूरा गरे ।
एकवर्षे चिकित्सकीय अभ्यास गर्नुपर्ने समयमै महामारीको जालो चीनमा फैलन थाल्यो । जसका क...