चेन्नई उत्तर । अखिल भारत नेपाली विद्यार्थी संघ चेन्नई उत्तर नगर समितिको चौथो भेला सम्पन्न पारिएको छ । नर बहादुर विकको सञ्चालन र शिव केसीको अध्यक्षताबाट अगाडि बढेको सो भेलामा नविन पौडेलले स्वागत गर्नु भएको थियो ।
भेलाको उद्घाटन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्यालले गर्नु भएको थियो ।
चेन्नई उत्तर नगर समितिका मोहराज सुवेदी, पश्चिम नगर सदस्य पदम पौडेलले भेला सफलताको शुभकामना दिनु भएको थियो । भेलाले नर बहादुर बिकको अध्यक्षतामा ९ पूर्ण ३ बैकल्पिक र ३ सल्लाहकार गरि १५ सदस्यीय उत्तर नगर समितिको चयन गरेको छ ।
समितिको सचिवमा नविन पौडेल, कोषाध्यक्ष विसन केसी र सदस्यहरूमा दिपा केसी, शिव केसी, नविता पौडेल, नितु सुवेदी, सर्मीला विक, देवेन्द्र थापा, सर्मीला विक, देवेन्द्र थापा बैकल्पिक सदस्यहरूमा हरि प्रसाद शर्मा, अमित विक र गितु सुवेदी रहनुभएको छ। त्यस्तै भेलाले गोविन्द पौडेल र होमनाथ पौडेल सल्लाहकार चयन गरेको छ । सल्लाहकारको एक स्थान रिक्त राखिएको छ । नयाँ समितिको घोषणा क्षेत्रीय समितिका कोषाध्यक्ष शेर बहादुर बिकले गर्नुभएको थियो ।
भेलाको अवसरमा अनलाइन हाजीर जवाफ कार्यक्रम पनि गरिएको थियो । हाजीर जवाफमा नमिता पौडेलले प्रथम पुरस्कार जित्न सफल हुनुभएको थियो । पुरस्कार बिजेता र नव निर्वाचित समितिलाई मूल प्रवाह केन्द्रीय सल्लाहकार कुलबहादुर थापा, उत्तर नगर समितिकी सदस्य मंगली विक, क्षेत्रीय कोषाध्यक्ष शेरबहादुर बिकले बधाई दिनुभएको थियो । दिपा केसीले धन्यवाद मन्तव्य दिनुभएको थियो ।