नर्सिङ क्षेत्रका जनशक्तिलाई बेलायतमा रोजगारी दिनेबारे समझदारीपछि यो विषयमा चासो बढेको छ । कति जना र कहिलेसम्म जान पाउने, कस्ता व्यक्ति जान पाउने तथा आम्दानी कति हुने भन्नेलगायतका विषयमा चासो बढेको हो । बेलायत र नेपालीबीच सोमबार भएको द्विपक्षीय सम्झौताले धेरै कुरा बोलेको छैन । यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयका कतिपय कुराहरू छलफलकै क्रममा रहेको मन्त्रालयका सहप्रवक्ता थानेश्वर भुसालले बताए ।निवर्तमान श्रममन्त्री किसान श्रेष्ठले १० हजार नेपाली नर्सहरू यूके पठाउन लागिएको बताएका थिए । तर, अहिल