काठमाडौं (अस) । आईएमई डिजिटल सोलुसन र अनलाइन शपिङ प्लेटफर्म दराजबीच ग्राहकलाई छूट दिने सम्बन्धमा सम्झौता भएको छ । नयाँ वर्षको अवसरमा दराज अनलाइनमार्फत शपिङ गर्दा छूट दिनेगरी दुवै संस्थाबीच सम्झौता भएको हो । दराजमार्फत सामान खरीद गरी अनलाइनबाटै रकम भुक्तानी गरेमा १० प्रतिशत छूट दिइने कम्पनीले जानकारी दिएको छ । सम्झौतापत्रमा आईएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका भुक्तानी प्र्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरे । सोमवारदेखि आगामी ७ वैशाखसम्म आईएमई पेमार्फत अग्रिम भुक्तानी गरेमा १० प्रतिशत छूट तथा बढीमा १ हजार रुपैयाँ छूट दिइने कम्पनीको भनाइ छ ।