काठमाडौँ – कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र ज्योति विकास बैंक लिमिटेडले देशभर सूचना तथा सञ्चार प्रविधिको विकास र डिजिटल सेवा विस्तारमा सहकार्य गर्ने भएका छन्। नेपालका विभिन्न स्थानमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास र डिजिटल सेवाको विस्तार तथा व्यावसायिक प्रवर्धनका लागि दुई संस्थाले संयुक्त रूपमा तालिम, जागरूकता तथा अन्य कार्यक्रम सञ्चालन गर्नेछन्। […]