पाँचथर अस्पतालमा उपचाररत तीन वर्षीया बालिका क्रिस्टिना थाम्सुहाङको मृत्यु प्रकरणको छानबिनका लागि ५ सदस्यीय छानबिन समिति गठन भएको छ । समिति गठनपश्चात अन्त्येष्टि गर्न ४० हजार रुपैयाँ उपलब्ध गराउन स्थानीय प्रशासन सहमत भएसँगै मृतकको शव पोस्टमार्टम गर्न अविभावक सहमत भएका छन् ।