प्रतिनिधिसभा विघटनविरुद्ध परेको झण्डै एकदर्जन रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ शुरू भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा बुधवार सुनुवाइ शुरू भएको हो ।
संवैधानिक इजलासमा बहस शुरू भएको रिट निवेदक मध्येका एक अधिवक्ता दिनेश लामिछानेले जानकारी दिए ।
शुरूमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरिरहेका छन् ।
यस्तै रिट निवेदकहरुले प्रतिनिधिसभा विघटनविरुद्धको रिट बृहत् पूर्ण इजलासमा हेर्न मागगर्ने तयारी गरेका छन् ।
विघटित प्रतिनिधिसभामा नेकपा संसदीय दलका प्रम...