जेठ २०, काठमाडौं । मूल्य वृद्धि नियन्त्रणको माग गर्दै नेकपा एमालेले प्रतिनिधि सभामा सार्वजनिक महत्वमाथिको प्रस्तब पेश गरेको छ । प्रस्ताब माथि अहिले छलफल जारि छ । छलफलमा भाग लिंदै नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले सरकारले पेट्रोलियम पदार्थमा घटाएको १० रुपैयाँ अपुग भएको बताएका छन् । उनले समग्र मूल्यवृद्धिनै फिर्ता हुनुमाग गरेका छन् ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णयमा भ्रष्टाचारको गन्ध आएको भन्दै त्यसको छानविन गर्नुपर्ने मागसमेत सुनुवारले गरेका छन् ।
मूल्यवृद्धिको निर्णय हुन लागेको सूचना चुहाउने र सरकार निकट व्यक्तिहरुकोमा याँस र पेट्रोलियम पदार्थ पुर्यारने गरिएको आरोप समेत उनले लगाएका छन । एमालेका नेता बिसाल भट्टराईले दर्ता गराएको उक्त प्रस्ताब माथि अहिले छलफल जारि छ ।